८ बैशाख २०८१, शनिबार | April 20, 2024

वालिङ नगरपालिकाद्धारा महिला खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्ति



वालिङ । वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ ।

नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।

“महिला फुटबलमा निक्कै सम्भावना बोकेको वालिङका महिला खेलाडीलाई खेलसँगसँगै उनीहरुको शैक्षिक योग्यतालाई पनि मध्यनजर गर्दै छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेका छौं” नगर प्रमुख खाणले भने,“जसले गर्दा खेलसँगै अध्ययन पनि राम्रो हुने र थप आर्थिक बोझ पर्ने छैन ।”

“नगरपालिकाले फुटबल खेलको विकास र खेलाडीको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउनका लागि प्रतिवद्ध भएर लगानी गरेको छ”, उनले भने, “खेलकूदका क्षेत्रमा गरिएको खर्च, खर्च नभइ लगानी हो, भोलिका दिनमा यसले पक्कै पनि प्रतिफल दिन्छ ।”

वालिङको महिला फुटबल टिमले यसअघिका प्रतियोगितामा सहभागिता जनाउँदै राष्ट्रियस्तरमै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकाले आगामी लिगमा सर्वोत्कृष्ट बन्नका लागि आवश्यक रणनीति अपनाउन कुनै कञ्जुस्याइँ नगर्ने नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताइन् ।

महिला खेलाडीहरुले आफूले अध्ययन गर्दै आइरहेको विद्यालय/)क्याम्पस उल्लेख गरी नगरपालिका कार्यालयमा निवेदन दिएपछि छात्रवृत्तिको प्रक्रिया थालिने उनले बताए ।

वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीमा ऊर्जा थपेको अखिल नेपाल फुटबल संघ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताए ।

वालिङका महिला फुटबल खेलाडीले विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश भइसकेका छन् ।

आगामी माघ ७ गतेबाट काठमाडौंमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन टिम प्रतिस्पर्धामा उत्रदै छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ३ : ०५ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन