३१ भदौ २०८३, बुधबार | September 16, 2026

जंगली हात्ती आतंक : गस्ती टोलीबाट दैनिक सुरक्षा



झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा दैनिक छावासहित आउने जङ्गली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन् ।

दिनभरि नजीकै रहेको आदर्श नमूना सामुदायिक वन क्षेत्रभित्र बस्ने र साँझ पर्ने बित्तिकै गाउँ पसेर किसानले लगाएको सागसब्जी कुल्चेर नष्ट गर्ने, घरभित्र थन्क्याएको अन्नसमेत खाइदिएको हुँदा उनीहरु ज्यान बचाउनु कि अन्न भन्ने कुराले त्रसित बनेका हुन् ।

“दैनिक कहिले दुईतीनवटा त कहिले बच्चासहित आउने जङ्गली हात्तीले हैरान पारिसके”, हात्ती मानव द्वन्द्व न्यूनीकरण समितिका सचिव सीताराम बास्तोलाले भने । “ज्यान जोगाउनु कि अन्न ।

बल्ल वर्षभरि खाने धान घर भित्र्याइएको छ, त्यो पनि हात्तीले ढिकुटी नै उधिनेर खान थाल्यो ।” उनले हात्ती धपाउनका लागि डिभिजन वन कार्यालयसँग पटकपटक साइरनसहितको गाडी माग गरे पनि बेवास्ता गरेको आरोप लगाए ।

सचिव बास्तोलाले घरघर आउने हात्तीका कारण रातभर अनिदो बस्ने गरेको बताए । हालसम्म थाल ठट्टाएर, होहल्ला गरेर र पुल्टो बालेर हात्ती धपाउँदै आएको उनको भनाइ छ । “खेतमा धान हुन्जेल भित्र्याउन नपाइएला भन्ने चिन्ता थियो”, उनले भने, “जसोतसो बचाएर घर त भित्र्याइयो, बच्चासहितको हात्ती सिधै घरतिरै आउन थालेपछि धानसँगै ज्यान जोगाउनै मुस्किल भयो ।”

डिभिजन वन कार्यालय झापाका फरेस्टर डिल्लीराम खरेलले बुद्धशान्ति गाउँपालिकाका कुनै पनि वडाबाट हात्तीले क्षति पुर्याएको गुनासो हालसम्म नआएको बताए । उनले गुनासो आएका र हात्ती भएका स्थानमा कार्यालयले साइरनसहितको गाडी पठाएर रातभर सुरक्षा दिँदै आएको बताए ।

उनका अनुसार जिल्लाका अन्य क्षेत्रभन्दा मेचीनगरको चारआली र भद्रपुर नगरपालिकाको पृथ्वीनगर क्षेत्रमा आठवटा रैथाने हात्ती देखापरेकाले सो क्षेत्रमा साइरनसहितको गस्ती टोलीले दैनिक सुरक्षा प्रदान गरिरहेको छ ।

फरेस्टर खरेलले चालू आर्थिक वर्षको पाँच महिनामा जङ्गली हात्तीले अन्नबाली नष्ट गरेबापत राहतका लागि डिभिजन वन कार्यालय झापाको कार्यालयमा दुई हजार छवटा निवेदन दर्ता भएको बताए ।

तीमध्ये साउनमा सबैभन्दा बढी ७६, भदौ ५२, असोज ५७, कात्तिक २४ र मङ्सिरमा १६ वटा राहतका लागि किसानले निवेदन दर्ता गराएका छन् । रासस

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ३० बजे

मुगुको कलाई आसपास भूकम्पका दुई धक्का

काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज