३० भदौ २०८३, मंगलबार | September 16, 2026

फिल्म सिटी निर्माणका लागि कार्यविधि आवश्यक



दाेलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा फिल्म सिटी निर्माणका लागि कार्यविधि बनाएर कानूनीरुपमा अघि बढ्ने बताएका छन् ।

बुधबार यहाँ नेपाल चलचित्र बोर्डले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री गुरुङले सिटी निर्माणका लागि वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षमा दिएको रु तीन करोड ५० लाख खर्च गर्नका लागि भिमेश्वर नगरपालिकालाई जिम्मा दिने पनि बताए ।

सरकारका प्रवक्तासमेत रहनुुभएका सञ्चारमन्त्री गुुरुङले सङ्घ, प्रदेश र स्थानीय तहको सहलगानीमार्फत सिटी निर्माणको काम अघि बढाउँदा उपयुक्त हुनेमा जोड दिए । आगामी दिनमा हुने स्थायी संरचना निर्माणका लागि भने मन्त्री गुरुङले बोर्डको सदस्य सचिवको संयोजकत्वमा एक महिनाभित्र कार्य समिति बनाएर निकास दिन पनि निर्देशन दिए ।

कार्यक्रममा बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले मन्त्रालयले छलफल र पूर्वाधार निर्माणमा लामो समय खर्च भइसकेको भन्दै आगामी दिनमा भौतिक संरचना निर्माणका लागि लाग्नुपर्ने बताए ।

दोलखा फिल्म सिटी निर्माण सहयोग समितिकोे संयोजक मदनदास श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना भएकाले अब यसलाई लामो समय अलमल नगरी गति दिनेतर्फ सम्बन्ध भएका सबै लाग्नुपर्ने धारणा राखे ।

दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ९ मा निर्माण गर्न लागिएको उक्त राष्ट्रिय योजनाका लागि एक हजार ५०० रोपनी जग्गा तयारी अवस्थामा रहेको छ । सिटी निर्माणअन्तर्गत सडक, बिजुली, खानेपानी जस्ता पूर्वाधार निर्माणको काम सकिसकेको संयोजक श्रेष्ठको भनाइ छ ।

सिटी निर्माणका लागि हाल प्रदेश सरकारले दिएको रकम प्रवेशद्वार निर्माण र प्रचारप्रसारका लागि खर्च गर्नेगरी बैठककमा छलफल भएको छ । रासस

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ६ : ५६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज