३० भदौ २०८३, मंगलबार | September 16, 2026

प्रदेश १ मा गहुँका लागि मल पर्याप्त



विराटनगर । गहुँबालीलाई आवश्यक पर्ने रासायनिक मल युरिया प्रदेश नं १ का लागि पर्याप्त रहेको छ ।

कार्यालयमा अहिले एक हजार २६६ मेट्रिक टक युरिया, एक हजार ३४३ मेट्रिक टन डिएपी मल र एक हजार ३८८ मेट्रिक टन पोटास मौज्दात छ । केही दिनभित्रै एक हजार मेट्रिक टन युरिया आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका कार्यालय प्रमुख नवरत्न गौतमले बताए ।

यस वर्ष पहाडी जिल्ला ओखलढुङ्गामा पनि सेवा विस्तार गर्नुपर्ने भएकाले लहान कार्यालयबाट मल उपलब्ध गराइने जनाइएको छ । कार्यालयले पूर्वी क्षेत्रमा सुनसरीको इटहरी, धनकुटा, इलाम, झापाको बिर्तामोड र उदयपुरको गाईघाटबाट किसानलाई मल उलब्ध गराइरहेको छ ।

यसैगरी साल्ट ट्रेडिङ कम्पनी लिमिटेड विराटनगरमा अहिले चार हजार ३५० मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी मौज्दात रहेको लिमिटेडका प्रमुख राधेश्याम चौधरीले जानकारी दिए ।

उनले निकट भविष्यमै पाँच हजार मेट्रिक टन डिएपी, दुई हजार ५०० मेट्रिक टन पोटास र सात हजार मेट्रिक टन युरिया आउने निश्चित रहेकाले कुनै पनि किसानले गहुँमा मल हाल्न पाइन भन्ने अवस्था नरहने दाबी गरे ।

गहुँलाई चाहिने मल पर्याप्त रहेको तथा अहिलेको मौज्दात तथा मल आउने क्रम जारी रहेकाले केही समयपछि यस क्षेत्रमा लगाइने गर्मा धानका लागि पनि पाइने प्रमुख चौधरीले जानकारी दिए ।

अहिले ५० केजी युरिया मलको मूल्य रु ७५० र ५० केजी डिएपी मलको मूल्य रु दुई हजार २०० छ । सरकारको मातहतका कार्यालयबाट वितरण हुने मलले नै किसानको खेतबारीलाई राम्रो गर्ने भएकाले भारतबाट गुणस्तरहीन मल ल्याउन नहुने कृषिविज्ञ बताउँछन् ।

यस वर्ष समयमै रासायनिक मल किसानले पर्याप्त मात्रामा नपाएकाले भारतबाट अवैध रुपमा भित्र्याइएको छ । यसबाट किसानको खेत पनि बिग्रिने र बालीमा रोग र कीराको प्रकोप बढ्ने चेतावनी दिइएको छ । रासस

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ७ : ०२ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज