७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा ओली पक्षको निर्णय : पार्टी अध्यक्षबाट प्रचण्ड निस्काशित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत केन्द्रीय सदस्यहरुको बैठकले अध्यक्ष पदबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको ३ दिनपछि ओली पक्षले पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षबाट निस्काशित गरेको छ ।

अल्पमत केन्द्रीय सदस्यको बैठकबाट केन्द्रीय कमिटी विस्तार गरी ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको ओली समूहको आज बसेको पक्षको केन्द्रीय कमिटी बैठकले अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यकारी अध्यक्ष प्रचण्डले दिएको जिम्मेवारी पूरा नगेको आरोप लगाउँदै कार्यकारी अध्यक्षबाट हटाएको हो ।

बैठकले प्रचण्डलाई पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी दिएको भएपनि एकताको काममा कुनै ध्यान नदिएको अभियोगमा कार्यकारी अध्यक्षबाट हटाएर कारबाही गरिएको गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

तीनदिन अघि प्रचण्ड-माधव पक्षको नेकपाले संसद विघटन गर्ने ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो। ओलीलाई अध्यक्षबाट हटाएर सो स्थानमा माधव नेपाललाई अध्यक्ष चयन गरेको थियो।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ४ : ५७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज