१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सहि सुचना र तथ्याङ्क विना श्रम बजारको विकास हुन सक्दैन : प्रदेश प्रमुख यादव



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रदेश प्रमुख धर्मनाथ यादवले कुनै पनि क्षेत्रको विकास सहि सूचना र तथ्याङ्क विना हुन नसक्ने बताएका छन् । बुटवलमा सुरु गरिएको श्रम बजार सूचना प्रणाली विकास परियोजनाको सुभारम्भ गर्दै प्रदेश प्रमुख यादवले सिपको क्षमता र मागलाई व्यवस्थित गर्न नीति क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले उपलब्ध जनशक्तिको प्रयोग र सहि परिचालनका लागि सुरु गरिएको परियोजनाले नेपालको औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै परियोजनाको सफलताले औद्योगिक क्षेत्रमा श्रमको अभावलाई पूर्ति गर्ने र दक्ष जनशक्तिको उत्पादन स्वदेशमै हुने ग्यारेन्टी दिने बताए । प्रमुख यादवले पारियोजनाको सफलताबाट नेपाली श्रम वजारमा रहेको बैदेशिक निर्भरतालाई कमी गर्न सफलता मिल्ने समेत बिश्वास राखे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्याङ्क एवम् जानकारीको अभावमा भोग्नु परेको समस्यालाई परियोजनाले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

उनले मुलुकको औद्योगिक विकासमा सहयोग पु-याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्याङ्क प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा सावित हुने पनि बताए ।

अध्यक्ष मोरले परियोजनाबाट श्रम बजारसग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्नुको साथै उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत गर्ने धारणा राखे ।

कार्यक्रममा उद्योग ब्यवसाय सम्बद्ध रुपन्देहीका ििभन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ८ : ४२ बजे

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था