८ चैत्र २०८२, आइतबार | March 23, 2026

केपी ओली गणतन्त्र र संघीयता विरोधी : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल पक्षका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, संघियता लगायका राजनीतिक परिवर्तन विरोधी भएको बताएका हुन् ।

ओली कम्युनिष्ट बिचार, आचरणबाट विचलन र पतनको बाटोमा हिडेको भन्दै कम्युनिष्ट आन्दोलन नै सिध्याईदिने हो कि भन्ने चिन्ता व्यक्त गरे । ओलीमा गणतन्त्र, संघीयताप्रति अपनत्व, माया, मोह, ममता नभएको नेता नेपालको भनाइ छ ।

ओलीले कुनै पनि समस्याहरुको सहज अवतरण नचाहाने नेपालको भनाई छ । उहाँले अध्यक्ष प्रचण्डसँग कम्युनिष्ट आन्दोलन, बिचार, सिद्धान्त मिलेको र पार्टीलाई सुदृढ बनाउँदै पार्टी कमिटीको आधारमा चल्ने कुरा मिलेको बताए । आगामी दिनमा आपसी विश्वास राख्दै बिगतका कमी, कमजोरी सुधार्दै अघि बढ्ने समेत बताए ।

अध्यक्ष नेपालले आधिकारिक पार्टी आफुहरुको भएकाले पार्टी कार्यालय र पार्टीको सम्पति आफुहरुको हुने दाबी समेत गरे ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : ३४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय