१० भदौ २०८३, बुधबार | August 27, 2026

नेकपा अध्यक्ष नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छिन् ।

सत्तारुढ नेकपामा विभाजन आएपछि यान्छीले अध्यक्ष नेपालसँग पहिलोपटक भेटवार्ता गरेकी हुन् ।

भेटका अवसरमा दुवै जनाबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाले जनाएका छन् ।

यसअघि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरिसकेकी छिन् । नेकपा विभाजनको अवस्थामा मौन जस्तै देखिएकी यान्छी विभाजन पछि भने भेटघाटमा व्यस्त देखिएकी छिन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले नेकपामा विभाजन आएपछि छिमेकी चीन निराश बनेको छ । एकीकृत अवस्थाको नेपाल कम्युनिष्ट पार्टीसँग चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरको सम्बन्ध रहेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : ४९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट