१७ माघ २०८२, शनिबार | January 31, 2026

नेकपा अध्यक्ष नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छिन् ।

सत्तारुढ नेकपामा विभाजन आएपछि यान्छीले अध्यक्ष नेपालसँग पहिलोपटक भेटवार्ता गरेकी हुन् ।

भेटका अवसरमा दुवै जनाबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाले जनाएका छन् ।

यसअघि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरिसकेकी छिन् । नेकपा विभाजनको अवस्थामा मौन जस्तै देखिएकी यान्छी विभाजन पछि भने भेटघाटमा व्यस्त देखिएकी छिन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले नेकपामा विभाजन आएपछि छिमेकी चीन निराश बनेको छ । एकीकृत अवस्थाको नेपाल कम्युनिष्ट पार्टीसँग चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरको सम्बन्ध रहेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : ४९ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले