२० मंसिर २०८२, शनिबार | December 6, 2025

पर्यटकीयस्थलको प्रवर्द्धनका लागि दौड



दमाैली । कोभिड-१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

खेलमार्फत् पर्यटकीयस्थलको प्रवर्द्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको हो ।

शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले दौड प्रतियोगिताबारे जानकारी गराएको छ ।

खुल्ला, स्थानीय र महिला गरी तीनवटा दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

खुल्लातर्फ प्रथमलाई ६५ हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै सान्त्वना हुने तीनजनालाई १० हजार रूपैयाँका दरले पुरस्कार वितरण गरिने श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ८ : ३७ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय