१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवल उपमहानगरको सडक मानवमुक्त उपमहानगर कागजमा सीमित, प्रदेशसभा भवन अगाडि सडकमा रातबिताउँदै बेसाहारा



बुटवल । बुटवल उपमहानगरले १ वर्ष अघि बुटवललाई सडक मानवमुक्त शहर घोषणा गरेपनि बुटवल स्थित प्रदेश सभा अगाडि सडकपेटीमा हप्तौदेखि बेसहारा गरिब परिवारले सडकमा रात बिताइरहेका छन् । उपमहानगरले बुटवलमा मागेर खान नपाईने र सबै असहायलाई आश्रय प्रदान गरिने बताए पनि बुटवलमा न त मागेर खानेहरुको कमी भएको छ न सडकमा रात बिताउने मानवहरुको । उपमहानगर र मानवसेवा आश्रमका बीच सडकमा रहेका सबैलाई आश्रममा आश्रय दिने भनिएपनि उपमहानगरको नियमित अनुगमन नहुँदा बेसहाराहरुको बिचल्ली हुने क्रम जारी छ ।

शुक्रबार भने लुम्बिनी प्रदेशसभा भवन अगाडि रात बिताउन बाध्य बेसाहारा सडक मानवहरुले सिरक डसना सेट पाएका छन् ।

पछिल्लो समय समाजमा देखिएको घरघरमा हामी अभियान नामको संस्थाले उनीहरुलाई सिरक डसनाको सेट उपलब्ध गराएको हो । सार्वजानिक समारोहमा बुटवललाई सडक मानवमुक्त शहर घोषणा गरिएपनि प्रदेशसभा भवनकै अगाडी रातभरी सडकमा बेसाहारा मानवले रात कटाउन बाध्य हुनु बिडम्बना भएको सो संस्थाले जनाएको छ ।

सिरक डसना सेट वितरण गर्दै अभियानका संयोजक शिव डुम्रेले बुटवल उपमहानगरपालिका सडक मानवमुक्त रहेर पनि यसरी सडकमा रात बिताउनुपर्ने अवस्था रहनु निकै दुःखदायी भएको बताए ।

दैनिक सयौं कर्मचारी, सुरक्षाकर्मी, प्रदेश सभाका सदस्यहरु ओहोरदोहोर गर्दासमेत कसैको आखामा पर्न नसक्नु निकै पीडादायी रहेको भन्दै उनीहरुको खाना र न्यानो कपडाको प्रबन्ध अभियानले सुरु गरेको संयोजक डुम्रेले बताए ।

सडकको बास गरिरहेका राम नेपाली, विक्रम सुनार, मोहन खड्का र श्याम विकको परिवारलाई अभियानले सिरक डसना र खानासहितको सहयोग गरेको थियो । अभियानले यशअघि पनि सैनामैनाको गाउमा पुगेर न्यानो कपडा वितरण गरेको थियो ।

उपमहानगरले घोषणा नै गरेर सडकमा बेसाहारा बस्न नपर्ने कुरा गरेपनि घोषणा गरेको केहि दिन नगरप्रहरी सडकमा भेटिएका बेसाहारा उठाउँदै हिँडेपनि कोरोना माहामारी फैलिएपछि सडक अनुगमन रोकिएको छ । उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले पनि कोरोना माहामारीका कारण कहि सुस्त भएको स्विकार गर्छन् । पहिलेदेखि नै रहेका बेसहारालाई संक्रमण सर्ने खतराका कारण केहि असहजता भएको हो । रेग्मीले बने । सडकमा बेसाहारा मानव देखिए सामाजिक शाखामा खबर गरिदिए उपमहानगरले उद्दार गर्ने उनले बताए ।

बुटवलमा कोरोना माहामारी पछि सडक मानवको संख्या थपिएको छ भने सडक बालबालिकाहरु पनि बढेर गएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ११ : २६ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक