१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बुटवल उपमहानगरको सडक मानवमुक्त उपमहानगर कागजमा सीमित, प्रदेशसभा भवन अगाडि सडकमा रातबिताउँदै बेसाहारा



बुटवल । बुटवल उपमहानगरले १ वर्ष अघि बुटवललाई सडक मानवमुक्त शहर घोषणा गरेपनि बुटवल स्थित प्रदेश सभा अगाडि सडकपेटीमा हप्तौदेखि बेसहारा गरिब परिवारले सडकमा रात बिताइरहेका छन् । उपमहानगरले बुटवलमा मागेर खान नपाईने र सबै असहायलाई आश्रय प्रदान गरिने बताए पनि बुटवलमा न त मागेर खानेहरुको कमी भएको छ न सडकमा रात बिताउने मानवहरुको । उपमहानगर र मानवसेवा आश्रमका बीच सडकमा रहेका सबैलाई आश्रममा आश्रय दिने भनिएपनि उपमहानगरको नियमित अनुगमन नहुँदा बेसहाराहरुको बिचल्ली हुने क्रम जारी छ ।

शुक्रबार भने लुम्बिनी प्रदेशसभा भवन अगाडि रात बिताउन बाध्य बेसाहारा सडक मानवहरुले सिरक डसना सेट पाएका छन् ।

पछिल्लो समय समाजमा देखिएको घरघरमा हामी अभियान नामको संस्थाले उनीहरुलाई सिरक डसनाको सेट उपलब्ध गराएको हो । सार्वजानिक समारोहमा बुटवललाई सडक मानवमुक्त शहर घोषणा गरिएपनि प्रदेशसभा भवनकै अगाडी रातभरी सडकमा बेसाहारा मानवले रात कटाउन बाध्य हुनु बिडम्बना भएको सो संस्थाले जनाएको छ ।

सिरक डसना सेट वितरण गर्दै अभियानका संयोजक शिव डुम्रेले बुटवल उपमहानगरपालिका सडक मानवमुक्त रहेर पनि यसरी सडकमा रात बिताउनुपर्ने अवस्था रहनु निकै दुःखदायी भएको बताए ।

दैनिक सयौं कर्मचारी, सुरक्षाकर्मी, प्रदेश सभाका सदस्यहरु ओहोरदोहोर गर्दासमेत कसैको आखामा पर्न नसक्नु निकै पीडादायी रहेको भन्दै उनीहरुको खाना र न्यानो कपडाको प्रबन्ध अभियानले सुरु गरेको संयोजक डुम्रेले बताए ।

सडकको बास गरिरहेका राम नेपाली, विक्रम सुनार, मोहन खड्का र श्याम विकको परिवारलाई अभियानले सिरक डसना र खानासहितको सहयोग गरेको थियो । अभियानले यशअघि पनि सैनामैनाको गाउमा पुगेर न्यानो कपडा वितरण गरेको थियो ।

उपमहानगरले घोषणा नै गरेर सडकमा बेसाहारा बस्न नपर्ने कुरा गरेपनि घोषणा गरेको केहि दिन नगरप्रहरी सडकमा भेटिएका बेसाहारा उठाउँदै हिँडेपनि कोरोना माहामारी फैलिएपछि सडक अनुगमन रोकिएको छ । उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले पनि कोरोना माहामारीका कारण कहि सुस्त भएको स्विकार गर्छन् । पहिलेदेखि नै रहेका बेसहारालाई संक्रमण सर्ने खतराका कारण केहि असहजता भएको हो । रेग्मीले बने । सडकमा बेसाहारा मानव देखिए सामाजिक शाखामा खबर गरिदिए उपमहानगरले उद्दार गर्ने उनले बताए ।

बुटवलमा कोरोना माहामारी पछि सडक मानवको संख्या थपिएको छ भने सडक बालबालिकाहरु पनि बढेर गएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ११ : २६ बजे

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान