११ श्रावण २०८३, सोमबार | July 27, 2026

उखु किसानको प्रदर्शन शनिबार पनि जारी



काठमाडौं । उखु किसानहरुले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु शनिबार पनि सडकमा निस्किएका हुन् ।

विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् ।

चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् ।

चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो ।

तर एक वर्षसम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्ष पनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  २ : ४८ बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय