१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको उच्च प्रतिनिधिमण्डल आज नेपाल आउँदै, नेकपा विभाजनपछिको अवस्थाबारे बुझ्ने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन आइसकेपछि चिनिया कम्युनिष्ट पार्टीको उच्च प्रतिनिधिमण्डल नेपाल आउँदैछ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न विवाद र पार्टी विभाजनपछि चिनियाँ चासो बढिरहेको बेलामा उच्च प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभाजनका उपमन्त्री गुओ येचौसहितको प्रतिनिधिमण्डल चार दिने भ्रमणका क्रममा आज काठमाडौं उत्रिँदै छ ।

सो प्रतिनिधिमण्डलले नेकपाका दुवै समुहका शिर्ष नेतृत्वसँग छलफल गर्ने बुझिएको छ । नेकपाको एक पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेटवार्ता हुने समय तय भैसकेको छ भने अर्को पक्षका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग पनि भेट हुने बताइएको छ । चिनियाँ प्रतिनिधिमण्डलले नेकपाको विवाद र पार्टी विभाजनसम्मको अवस्थाबारे कारण बुझ्नेछ ।

यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्ड, माधव नेपाल र पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरिसकेकी छिन् ।

नेकपासँग उच्च भाइचारा सम्बन्ध भएको चिनियाँ कम्युनिष्ट पार्टीका लागि नेकपाको विभाजन पीडादायी जस्तै बनेको छ । पार्टी विभाजनपछि दुई मुलुकबीच बेल्ट एण्ड रोड अन्तर्गतका कैयौं परियोजनाहरु अघि बढाउने विषयमा समेत समेत असर पर्न सक्ने चिनियाँ चिन्ता रहेको बुझ्न सकिन्छ ।

नेपालमा स्थिर मित्रको खोजी गरिरहेको चीनले लामो समयपछि एकीकृत अवस्थाको नेकपालाई भर गरिरहेको थियो । तर, आफुसँग गरिएका समझदारीहरु अघि नबढेकोमा चीन पछिल्लो केहीसमययता चिन्तित बन्दै आएको थियो ।

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ५५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग