१० असार २०८३, बुधबार | June 24, 2026

चिनियाँ कम्युनिष्ट पार्टीको उच्च प्रतिनिधिमण्डल आज नेपाल आउँदै, नेकपा विभाजनपछिको अवस्थाबारे बुझ्ने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन आइसकेपछि चिनिया कम्युनिष्ट पार्टीको उच्च प्रतिनिधिमण्डल नेपाल आउँदैछ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न विवाद र पार्टी विभाजनपछि चिनियाँ चासो बढिरहेको बेलामा उच्च प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभाजनका उपमन्त्री गुओ येचौसहितको प्रतिनिधिमण्डल चार दिने भ्रमणका क्रममा आज काठमाडौं उत्रिँदै छ ।

सो प्रतिनिधिमण्डलले नेकपाका दुवै समुहका शिर्ष नेतृत्वसँग छलफल गर्ने बुझिएको छ । नेकपाको एक पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेटवार्ता हुने समय तय भैसकेको छ भने अर्को पक्षका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग पनि भेट हुने बताइएको छ । चिनियाँ प्रतिनिधिमण्डलले नेकपाको विवाद र पार्टी विभाजनसम्मको अवस्थाबारे कारण बुझ्नेछ ।

यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्ड, माधव नेपाल र पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरिसकेकी छिन् ।

नेकपासँग उच्च भाइचारा सम्बन्ध भएको चिनियाँ कम्युनिष्ट पार्टीका लागि नेकपाको विभाजन पीडादायी जस्तै बनेको छ । पार्टी विभाजनपछि दुई मुलुकबीच बेल्ट एण्ड रोड अन्तर्गतका कैयौं परियोजनाहरु अघि बढाउने विषयमा समेत समेत असर पर्न सक्ने चिनियाँ चिन्ता रहेको बुझ्न सकिन्छ ।

नेपालमा स्थिर मित्रको खोजी गरिरहेको चीनले लामो समयपछि एकीकृत अवस्थाको नेकपालाई भर गरिरहेको थियो । तर, आफुसँग गरिएका समझदारीहरु अघि नबढेकोमा चीन पछिल्लो केहीसमययता चिन्तित बन्दै आएको थियो ।

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ५५ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा