१५ असार २०८३, सोमबार | June 29, 2026

ओलीको निरंकुशता विरुद्ध संयुक्त जनआन्दोलन गरौं : बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारले चुनाव गर्नै नसक्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले ओलीद्वारा आफुनो निरंकुश शासन लाद्ने उद्देश्यले चुनावको कुरा गरेको बताए । भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली काँग्रेसलाई आग्रह पनि गरे ।

पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस् ।’ आफ्नो प्रभुत्व कायम नभएसम्म ओलीबाट चुनावको आश गर्नु बेकार भएको भन्दै उनले काँग्रेसलाई नअल्मलिकन आन्दोलनमा सहभागी हुन आग्रह गरे ।

अध्यक्ष भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्ने कुरामा पनि विश्वास नलागेको बताए । उनले भने ‘अदालतबाट आशा त गरौं तर भरै पर्ने ठाउँ छैन ।’

‘ओलीले चुनाव गराउने भए मन्त्रिपरिषद विस्तार गर्ने थिएनन’, उनले भने, ‘सरकार प्रतिनिधिसभा विघटन भएपछि काम चलाउ भैसकेको छ । कामचलाउ सरकारले मन्त्री थप्दैन ।’ आफुले १२ वटा मन्त्रालय खाली हुँदा पनि मन्त्री नथपेको स्मरण गर्दै भट्टराईले चुनाव घोषणा गरेपछि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न नपाइने जिकिर गरे ।

भट्टराईले ओली निरंकुश शासक बनेको दाबी गर्दै उनको शासन फाल्न संयुक्त जनआन्दोलन गर्नुपर्ने बताए । उनले सहकार्यका लागि सबै दलहरुलाई आग्रह पन गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेर प्रतिगमन गर्न खोजेको बताए।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ४ : ४३ बजे

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा