५ पुस २०८२, शनिबार | December 20, 2025

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सप्तरीको अग्निसाईर कृष्णासवरण–४,प्रश्वनीमा



काठमाडौ । सनराइज बैंक लिमिटेडले सप्तरीको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ । बैंकले अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री विनोद प्रसाद चौधरीलार्ई नियुक्त गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा अग्निसाईर कृष्णासवरण गाँउपालिका उप–प्रमुख श्रीमती मिना चौधरी, अग्निसाईर कृष्णासवरण गाँउपालिका वडा नं. ४ का अध्यक्ष श्री महेश कुमार यादब, निवर्तमान गा.वि.स अध्यक्ष श्री बदि« नारायण चौधरी, सन्राइज बैंक प्रदेश नं २ का प्रमुख श्री रोहित कुमार महाशेठ, राजबिराज शाखाका शाखा प्रबन्धक श्री मुकेश कुमार शाह र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष श्री महेश कुमार यादबले गरेका थिए । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५७ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ६ : ०६ बजे

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक