१६ श्रावण २०८३, शनिबार | August 1, 2026

घरभित्रै वृद्धाको शव फेला



कञ्चनपुर । पुर्नवास नगरपालिका-१ ढक्का हिरापुरका ७१ वर्षीय खण्टी भुल आइतबार घरभित्रै मृत अवस्थामा फेला परेकी छन् ।

घरमा एक्लै बस्दै आएकी वृद्धाको हत्या गरिएको आशङ्का गरिएको छ । शव रहेको स्थानमा रगत बगेको देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ ।

वृद्धा नउठेपछि छिमेकीले घरभित्र हेर्दा मृत अवस्थमा रहेको पाइएपछि प्रहरीलाई खबर गरेका हुन् । ‘मृतकको बायाँ कानमा चोट लागेको देखिएको छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले भने, ‘कुकुरसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ । के कारणले वृद्धको मृत्यु भएको भन्ने बारे घटनास्थलको अनुसन्धान पश्चात मात्रै जानकारी हुन्छ ।’

मृतकका भाइ हिरे भुलका अनुसार खण्टीले कान र घाँटीमा लगाउने सुनका गहना समेत फेला परेका छैनन् । रासस

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ४८ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई