१० भदौ २०८३, बुधबार | August 27, 2026

चिनियाँ प्रतिनिधिमण्डल एकाबिहानै प्रचण्ड निवासमा



काठमाडौं । नेपाल अवतरण गर्दा गर्दै राष्ट्रपति विद्याभण्डारीसँग भेटवार्ता गरेको चिनियाँ उच्चस्तरिय प्रतिनिधिमण्डल आज बिहानै नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ सहितको प्रतिनिधि मण्डलको खुमलटारमा नेकपा अध्यक्ष प्रचण्डसँग भेटवार्ता भएको हो ।

करिब डेढघण्टा लामो भेटवार्तामा अध्यक्ष प्रचण्डलाई ििचनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए।

भेटवार्तामा संसद विघटन, नेकपा विभाजन, नयाँ राजनीतिक परिस्थितीलगायत विषयमा छलफल  भएको छ।

यसअघि आइतबार चिनियाँ टोलीले अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारी र साँझ प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरिसकेको छ ।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई पनि उनले आजै दिउँसो भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधि मण्डल चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका हुन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : १८ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट