७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइयो : देव गुरुङ



पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले नेपालमा चीनलाई घेर्न विदेशी सेनाको क्रिडास्थल बनाउने उद्देश्यले संसद विघटन गराइएको दाबी गरेका छन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले चीनलाई घेरवन्दी गर्न नेपाललाई आधारस्थल बनाउने उद्देश्यले रणनीतिक उद्देश्यका साथ संसद विघटन गरिएको दाबी गरे ।

गुरुङले नेपालको विदेशी शक्तिकेन्द्रको टकरावले नेपाललाई फौजी खेलमैदान बनाउने दाबी गर्दै त्यो चीन लक्षित भएको टिप्पणी गरे । तिब्बतलाई टुक्र्याउनकै लागि नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीति संसद विघटनमा अन्तरनिहित रहेको उनको दाबी छ ।

नेता गुरुङले मुलुक फासिवादी दिशातिर उन्मुख भएको जिकिर गरे । उनले प्रधानमन्त्रीको सर्वसत्तावादी एकाधिकारवादी फाँसीवादी चिन्तनकै कारण विदेशीले खेल्ने मौका पाएको जिकिर गरे । विदेशी शक्तिकेन्द्रलाई फुटाउ र शासन गरको रणनीति पुरा गर्नका लागि ओलीको कदम ढुंगा खोज्दा देउता मिलेजस्तो भएको गुरुङको भनाइ छ ।

‘संसद रहँदासम्म विदेशी सेना मार्चपास गर्न नसक्ने हुनाले संसद भंग गराउन अनिवार्य थियो । यही काम ओली सरकारले गर्यो’, गुरुङले दाबी गरे । साम्राज्यवादी शक्तिको डिजाइन अनुसार संसद भत्काउने र सैन्य हस्तक्षेपको ग्राउण्ड तयार गर्ने काम ओलीले गरेको उनले आरोप लगाए । ‘नेपालमा सैन्य आधार क्षेत्र बनाउन बाधा पुर्‍याउने देशभक्त गणतन्त्रवादी कम्युनिस्ट पार्टी भत्काउन जरुरी थियो । त्यसैकारण पार्टी विघटन र विसर्जनको दिशातिर पुग्यो ।’, गुरुङले विश्लेषण गरे ।

नेता गुरुङले नेपालमा चिनियाँ हस्तक्षेप नभएको बताए । चीनले नेपालको राष्ट्रिय स्वाधिनता प्रतिकूल हुने गरी अहिलेसम्म कुनै पनि परिघटना नघटाएको उनको भनाइ थियो । चीनबाट नेपालको राष्ट्रिय स्वाधिनतामाथि कुनै पनि प्रकारको हस्तक्षेप नभएको बताउँदै गुरुङले नेपाल र चीनबीचको दौत्यसम्बनध आदर्शको रुपमा रहेको बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ३१ बजे

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा