१६ बैशाख २०८१, आइतबार | April 28, 2024

सैनामैनामा न्यू क्रिकेट एकेडेमी संचालन



सैनामैना । सैनामैनामा न्यू क्रिकेट एकेडेमी संचालनमा आएको छ । सैनामैना २ मा रहेको न्यू एकेडेमी बोडिङ्ग स्कुलको समायोजनमा उक्त क्रिकेट एकेडेमी संचालनमा आएको हो ।

नेपालका चर्चित तथा राष्टिय खेलाडी शक्ति गौचनको बोलिङ्ग र न्यू एकेडेमी बोडिङ्ग स्कुल अध्यक्ष मिन प्रसाद पौडेलले बेटिङ्ग गरेर एकेडेमीको उद्घादन गरिएको हो ।

क्रिकेटको नेपालमा राम्रो सम्भावना रहेको राष्ट्रिय खेलाडी शक्ति गौचनले बताएका थिए । समयको माग अनुसार बिधालय स्तरबाटै क्रिकेट एकेडेमी संचालनमा आउनु सकारत्मक रहेको बताउदै गौचनले यस एकेडमीबाट राष्ट्रियस्तरको खेलाडी उत्पाद गर्न अहम भुमिका रहने बिश्वास ब्यक्त गरे ।

हरेक विद्यार्थीको अलग अलग क्षमता हुने भएकोले बिधार्थी क्षमताको पहिचान गरी सोहि क्षेत्रमा अगाडी बढाउने उदेश्यले यो एकेडेमी संचालनमा ल्याईएको विद्यालयका अध्यक्ष मिन प्रसाद पौडेलले बताए ।

विद्यालयलाई एक उत्कृत, नमुना र गुणस्तरीय विद्यालय बनाउने तर्फ सधै योजना बनाउदै आएको र खेल क्षेत्रमा पनि बिधार्थीलाई प्रहोत्सान गर्ने गरी एकेडेमी संचालन गरीएको अध्यक्ष पौडेलले बताए ।

विद्यालय र विद्यालय बाहिर रहेका सबैलाई लक्षित गरी यो एकेडमी संचालनमा ल्याईएको विद्यालयका प्रधानाध्यापक टोपलाल भट्टाराईले बताए । एकेडमीमा छात्र छात्रा सबैलाई प्रशिक्षण गर्ने ब्यवस्था मिलाईएको बताउदै एकेडेमीमा बिभिन्न प्याकेजहरु रहेको भट्टराईले बताएका थिए ।
कार्यक्रममा पत्रकार कृष्ण भण्डारी, विद्यालयका नमराज भुषाल, नबिन प्रभु लगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ४८ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश