२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

सैनामैनामा न्यू क्रिकेट एकेडेमी संचालन



सैनामैना । सैनामैनामा न्यू क्रिकेट एकेडेमी संचालनमा आएको छ । सैनामैना २ मा रहेको न्यू एकेडेमी बोडिङ्ग स्कुलको समायोजनमा उक्त क्रिकेट एकेडेमी संचालनमा आएको हो ।

नेपालका चर्चित तथा राष्टिय खेलाडी शक्ति गौचनको बोलिङ्ग र न्यू एकेडेमी बोडिङ्ग स्कुल अध्यक्ष मिन प्रसाद पौडेलले बेटिङ्ग गरेर एकेडेमीको उद्घादन गरिएको हो ।

क्रिकेटको नेपालमा राम्रो सम्भावना रहेको राष्ट्रिय खेलाडी शक्ति गौचनले बताएका थिए । समयको माग अनुसार बिधालय स्तरबाटै क्रिकेट एकेडेमी संचालनमा आउनु सकारत्मक रहेको बताउदै गौचनले यस एकेडमीबाट राष्ट्रियस्तरको खेलाडी उत्पाद गर्न अहम भुमिका रहने बिश्वास ब्यक्त गरे ।

हरेक विद्यार्थीको अलग अलग क्षमता हुने भएकोले बिधार्थी क्षमताको पहिचान गरी सोहि क्षेत्रमा अगाडी बढाउने उदेश्यले यो एकेडेमी संचालनमा ल्याईएको विद्यालयका अध्यक्ष मिन प्रसाद पौडेलले बताए ।

विद्यालयलाई एक उत्कृत, नमुना र गुणस्तरीय विद्यालय बनाउने तर्फ सधै योजना बनाउदै आएको र खेल क्षेत्रमा पनि बिधार्थीलाई प्रहोत्सान गर्ने गरी एकेडेमी संचालन गरीएको अध्यक्ष पौडेलले बताए ।

विद्यालय र विद्यालय बाहिर रहेका सबैलाई लक्षित गरी यो एकेडमी संचालनमा ल्याईएको विद्यालयका प्रधानाध्यापक टोपलाल भट्टाराईले बताए । एकेडमीमा छात्र छात्रा सबैलाई प्रशिक्षण गर्ने ब्यवस्था मिलाईएको बताउदै एकेडेमीमा बिभिन्न प्याकेजहरु रहेको भट्टराईले बताएका थिए ।
कार्यक्रममा पत्रकार कृष्ण भण्डारी, विद्यालयका नमराज भुषाल, नबिन प्रभु लगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ४८ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे