२० बैशाख २०८३, आइतबार | May 3, 2026

तपाई जाडोमा छालाको समस्याले हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि



जाडोको मौसममा हाम्रो शरीरमा बिभिन्न प्रकारका छालाका समस्याहरु देखापर्दछन् । जाडोमा सबैभन्दा बढी देखिने छालाको समस्या भनेको चिलिब्लेन्स हो ।

यो विशेषगरी चिसो हावा र पानीका कारणले हुने गर्दछ । जाडोको अर्को समस्या भनेको छाला सुख्खा हुने हो । यसलाई जेरोसिस भनिन्छ । छाला सुख्खा हुदाँ चिलाउने गर्दछ । जसलाई कन्याएमा घाउ समेत हुनसक्छ र संक्रमण हुने सम्भावना बढ्दछ ।

साथै अरु बेलाभन्दा जाडो मौसममा मानिसहरु कम नुहाउने भएकाले लुतो आउने सम्भावना समेत हुन्छ । त्यसैगरी गर्मीमा आएको फंगल इन्फेक्सन समेत जाडोमा बढ्ने गर्दछ ।

अझ घामको किरणबाट छालामा हुने समस्या मेलाज्मा अर्थात चाया-पोतो आउने समस्या पनि जाडोमा नै हुने गर्दछ ।

१. जाडोमा पनि घामबाट जोगिन जेलको सट्टामा क्रिम लगाउनु पर्ने हुन्छ ।

२. जाडोमा घाम ताप्ने भन्दै धेरै बेर बस्नुहुदैन । घाममा बस्दा पनि अनुहार छोपेर बस्नुपर्छ ।

३. घाममा बस्दा शरीर ढाकिने पूरा बाहुला भएको लुगा लगाएर बस्नु पर्दछ ।

४. हात नछोपिने लुगा लगाएर घाम ताप्दा सोरोसिस नामक कत्ले रोग हुनसक्छ ।

५. जाडोमा छाला सुख्खा हुने भएकाले छालालाई तैलीय राख्नुपर्छ ।

६. जाडोमा हात र खुट्टाको सुरक्षाको लागि तातो पानी र पञ्जा प्रयोग गर्नुपर्छ ।

७. छाला सुख्खा हुनबाट बचाउने नाममा विज्ञापनमा जे देख्यो त्यही लगाउनु हुदैन भ्यासलिन भएको मोस्चराइजर लगाउनुपर्छ ।

८. जाडोमा साबुन प्रयोग गर्दा एलर्जी नहुने मोस्चराइजर भएको साबुन प्रयोग गर्नुपर्छ ।

९. जाडोमा लुगाले एलर्जी निम्त्याउने हुन्छ त्यसैले भित्रबाट सुतीको लुगा लगाउनु पर्छ ।

१०. यदि छालमा कुनै समस्या देखियो भने मनलाग्दी औषधि वा मल्हम किन्नुहुदैन । चिकित्सकको सल्लाह लिएर मात्र कुनै औषधि वा मल्हम लिनुपर्छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : २८ बजे

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार