१५ माघ २०८२, बिहिबार | January 30, 2026

तपाई जाडोमा छालाको समस्याले हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि



जाडोको मौसममा हाम्रो शरीरमा बिभिन्न प्रकारका छालाका समस्याहरु देखापर्दछन् । जाडोमा सबैभन्दा बढी देखिने छालाको समस्या भनेको चिलिब्लेन्स हो ।

यो विशेषगरी चिसो हावा र पानीका कारणले हुने गर्दछ । जाडोको अर्को समस्या भनेको छाला सुख्खा हुने हो । यसलाई जेरोसिस भनिन्छ । छाला सुख्खा हुदाँ चिलाउने गर्दछ । जसलाई कन्याएमा घाउ समेत हुनसक्छ र संक्रमण हुने सम्भावना बढ्दछ ।

साथै अरु बेलाभन्दा जाडो मौसममा मानिसहरु कम नुहाउने भएकाले लुतो आउने सम्भावना समेत हुन्छ । त्यसैगरी गर्मीमा आएको फंगल इन्फेक्सन समेत जाडोमा बढ्ने गर्दछ ।

अझ घामको किरणबाट छालामा हुने समस्या मेलाज्मा अर्थात चाया-पोतो आउने समस्या पनि जाडोमा नै हुने गर्दछ ।

१. जाडोमा पनि घामबाट जोगिन जेलको सट्टामा क्रिम लगाउनु पर्ने हुन्छ ।

२. जाडोमा घाम ताप्ने भन्दै धेरै बेर बस्नुहुदैन । घाममा बस्दा पनि अनुहार छोपेर बस्नुपर्छ ।

३. घाममा बस्दा शरीर ढाकिने पूरा बाहुला भएको लुगा लगाएर बस्नु पर्दछ ।

४. हात नछोपिने लुगा लगाएर घाम ताप्दा सोरोसिस नामक कत्ले रोग हुनसक्छ ।

५. जाडोमा छाला सुख्खा हुने भएकाले छालालाई तैलीय राख्नुपर्छ ।

६. जाडोमा हात र खुट्टाको सुरक्षाको लागि तातो पानी र पञ्जा प्रयोग गर्नुपर्छ ।

७. छाला सुख्खा हुनबाट बचाउने नाममा विज्ञापनमा जे देख्यो त्यही लगाउनु हुदैन भ्यासलिन भएको मोस्चराइजर लगाउनुपर्छ ।

८. जाडोमा साबुन प्रयोग गर्दा एलर्जी नहुने मोस्चराइजर भएको साबुन प्रयोग गर्नुपर्छ ।

९. जाडोमा लुगाले एलर्जी निम्त्याउने हुन्छ त्यसैले भित्रबाट सुतीको लुगा लगाउनु पर्छ ।

१०. यदि छालमा कुनै समस्या देखियो भने मनलाग्दी औषधि वा मल्हम किन्नुहुदैन । चिकित्सकको सल्लाह लिएर मात्र कुनै औषधि वा मल्हम लिनुपर्छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : २८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला