२१ चैत्र २०८२, शनिबार | April 4, 2026

नेकपा फुटको बाछिटा : सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा ओली निकट मन्त्री बर्खास्त



धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनको प्रभाव प्रदेश सरकारहरुमा थपिँदै गएको छ ।

सोही प्रभावस्वरुप सदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आफ्ना एक मन्त्रीलाई बर्खास्त गरेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल निकट मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोरालाई आज बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री र सरकारविरुद्ध गतिविधि गरेको भन्दै बोहरालाई संवैधानिक पदमुक्त गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिएका छन् । भट्टले सो स्थानमा प्रचण्ड–नेपाल निकट सांसदलाई नै मन्त्री बनाउन लागेको उनका स्वकीय सचिव शिवसिंह ओलीले बताए ।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ११ : ५८ बजे

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय