१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अविश्वास प्रस्ताव दर्तासँगै लुम्बिनी सरकारबाट माओवादी केन्द्र बाहिरियो



बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ ।
माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
२०७४ सालमा एमाले र माओवादी केन्द्रको संयुक्त सरकारमा केसी आन्तरिक मामिला मन्त्री थिए भने बराल सामाजिक विकास मन्त्री रहेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गर्दा कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरिएको छ । माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टी जसपाले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । यससँगै मुख्यमन्त्री शंकर पोखरेलको सरकार संकटमा परेको छ ।
अविश्वासको प्रस्ताव पारित हुन ४३ जना सांसद आवश्यक पर्दछ । नेकपा एमालेभित्रको द्वन्द्वकाकारण कर्णाली प्रदेशमा एमालेका सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई विश्वास छ भनि मतदान गरेका थिए । सोही घटना लुम्बिनी प्रदेशमा पनि दोहोरियो भने एमालेको नेपाल पक्षका सांसदहरुले समेत पोखरेलको विपक्षमा मतदान गर्नसक्नेछन् । लुम्बिनी प्रदेशमा दुई जना सांसद मात्र नेपाल पक्षमा खुलेर लागेका छन् ।

 

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १ : ५३ बजे

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित

नेवाः पुच बाँकेले नेपालगन्जमा गाईजात्रा मनाउने

नेपालगन्ज । बाँकेका नेवाः समुदायले यस वर्षपनि गाईजात्रा (सापारु) पर्व

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

काठमाडौँ-तराई द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट