२ असार २०८३, मंगलबार | June 16, 2026

अविश्वास प्रस्ताव दर्तासँगै लुम्बिनी सरकारबाट माओवादी केन्द्र बाहिरियो



बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ ।
माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
२०७४ सालमा एमाले र माओवादी केन्द्रको संयुक्त सरकारमा केसी आन्तरिक मामिला मन्त्री थिए भने बराल सामाजिक विकास मन्त्री रहेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गर्दा कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरिएको छ । माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टी जसपाले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । यससँगै मुख्यमन्त्री शंकर पोखरेलको सरकार संकटमा परेको छ ।
अविश्वासको प्रस्ताव पारित हुन ४३ जना सांसद आवश्यक पर्दछ । नेकपा एमालेभित्रको द्वन्द्वकाकारण कर्णाली प्रदेशमा एमालेका सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई विश्वास छ भनि मतदान गरेका थिए । सोही घटना लुम्बिनी प्रदेशमा पनि दोहोरियो भने एमालेको नेपाल पक्षका सांसदहरुले समेत पोखरेलको विपक्षमा मतदान गर्नसक्नेछन् । लुम्बिनी प्रदेशमा दुई जना सांसद मात्र नेपाल पक्षमा खुलेर लागेका छन् ।

 

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १ : ५३ बजे

भित्ते चित्रमा झल्कियो बुटवलको इतिहास, संस्कृति र गौरवगाथा (फोटो फिचरसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाअन्तर्गत लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) को

उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र

स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

भक्तपुर । तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।