२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

प्रदेश १ र बागमतीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पास गर्न काँग्रेसले सघाउँछ : पौडेल



विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावलाई पास गराउने बताएका छन् ।

विराटनगरमा शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले सत्तापक्षको विपक्षमा आएको प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव पारित गराउन आफ्नो पार्टीले सघाउने बताएका हुन् ।

पौडेलले पार्टीले ओली सरकारको पक्षलाई समर्थन हुने कुनै पनि क्रियाकलाप नगर्ने जनाउँदै पार्टी सभापतिले रोके पनि प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव पारित गराउने दाबी गरे । उनले ओली समुहलाई काँध हाल्ने काम नगर्न सभापति देउवालाई आग्रह गरे ।

प्रदेश १ र बागमती प्रदेशमा नेकपाको प्रचण्ड नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्नबाट सत्तापक्षले अवरोध गर्दै आएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार अविश्वासको प्रस्ताव पारित हुने अवस्था देखिए प्रदेशसभा नै भंग हुनसक्ने चेतावनी दिएका छन् ।

काँग्रेस वरिष्ठ नेता पौडेलले मुख्यमन्त्री राईको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रदेशसभालाई कसैले भंग गर्न नसक्ने बताउँदै पौडेलले असंवैधानिक तरिकाले भएको प्रतिनिधिसभा भंगलाई अदालतले पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरे ।

‘पहिले पनि राजाले गरेका जथाभावी कुरालाई उल्ट्याएको अदालतको इतिहास छ,’ मुलुक जोगाउने आशाको केन्द्र अब सर्वोच्च अदालत मात्र बाँकी रहेको बताउँदै पौडेलले भने, ‘मुलुकमा विग्रह मच्चाउनेलाई अदालतले तह लगाउनेमा विश्वास छ ।’

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १ : ५३ बजे

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने

आज वातावरण दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे

अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक

उडिसा दुर्घटनाको ५१ घन्टा पछि एक लेनको रेल सेवा सुचारु, दोस्रो चाँडै हुने

उडिसा । उडिसा रेल दुर्घटना पछि अबरुद्ध हुन पुगेको रेल