९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रुपमा आज अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्दा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको नाममा प्रस्तावित गरिएको छ । अविश्सावको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना सांसदले हस्ताक्षर गरेका छन् ।

बुधबार मात्र मुख्यमन्त्रीलाई दिँदै आएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनमोर्चाका सांसदले प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । यद्यपी, राजमोले प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारिसकेको छ ।

आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने मध्यरातमा प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका थिए ।

 

 

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १ : ३४ बजे

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री