२१ बैशाख २०८३, सोमबार | May 4, 2026

संविधानको पूर्ण पालन र संरक्षण गरौं : उपराष्ट्रपति पुन



काठमाडौ । उपराष्ट्रपति नन्दकिशोर पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको बताएका छन् ।

‘तमु (गुरुङ) समुदायको चाड तमु ल्होछार/ल्होसार २०७७ को अवसरमा आज एक शुभकामना सन्देश दिदै उपराष्ट्रपतिले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।

उनले संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्णपालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने र उपलब्धिको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्ने उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ, “नेपाली जनताले सात दशक लामो सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई नयाँ संविधानले संस्थागत गरेपछि राजनीतिक स्थायित्व हासिल भएको र देश विकास, समृद्धिको मार्गमा दु्रत गतिमा अगाडि बढ्नेमा पूर्ण विश्वस्त छौँ ।”

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उहाँले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरङ्गी सम्मिश्रण एवं साझा सङ्गमको रुपमा रहिआएको नेपाल सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभर सुपरिचित रहेको उल्लेख गरे ।

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको र विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्व नेपालीको साझा चाडपर्व भएको उनको भनाइ छ । पुराना वर्ग (वर्ष)को विदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमु (गुरुङ) समुदायले मनाउने तमु ल्होछार/ल्होसार पनि फराकिलो हुँदै आमनेपालीको पर्वको रुपमा स्थापित हुँदै गएको उपराष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् ।

मुसा वर्गको बिदाइ र गाई वर्गको स्वागत गर्दै मनाइने यो वर्षको ल्होछार/ल्होसार विश्वव्यापी महामारी कोभिड–१९ का कारण विगत वर्षजस्तो हर्षोल्लासका साथ सामूहिक रुपमा मनाउन सम्भव नभएपनि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु दिदीबहिनी तथा दाजुभाइले घरघरमा ल्होछार/ल्होसार मनाउनु हुने विश्वास उपराष्ट्रपतिको छ । उनले तमु ल्होछार/ल्होसारले संविधानको पालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि सबैलाई प्रेरणा देओस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : ५८ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता