१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित



काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला सीमा नाका सञ्चालन भएसँगै सीमावर्ती क्षेत्रका स्थानीय व्यापार तथा दैनिक उपभोग्य सामग्री खरिदका लागि सिजाङ आवतजावत गर्न थालेका छन् ।

वर्षौंदेखि सीमापार व्यापारमा निर्भर स्थानीयले यार्सागुम्बा, वन लसुनलगायत जडीबुटी तिब्बततर्फ बिक्री गर्ने तथा त्यहाँबाट खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य सामग्री नेपाल ल्याउने गरेका छन् ।

नाका खुलेसँगै व्यापारिक गतिविधि केही बढेको जसबाट स्थानीय हर्षित भएका चुमनुब्रीका व्यापारी पासाङ लामाले टेलिफोनमा बताए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सीमावर्ती भेगका बासिन्दाको सहज आवागमनका निम्ति जिल्ला प्रशासन कार्यालयले सक्रिय रूपमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । प्रवेशपत्र जारी तथा परिचयपत्र नवीकरण इलाका प्रशासन कार्यालयबाट समेत हुँदै आएको छ ।

सीमा प्रशासनका प्रक्रिया सरल तुल्याउनेदेखि प्रशासकीय सहयोगसम्मका कामलाई प्राथमिकताका साथ सम्पादन गरिएको जानकारी दिँदै उनले गत आर्थिक वर्षमा १९७ नयाँ प्रवेश पास जारी तथा ४०४ वटा त्यस्ता पास नवीकरण गरिएका बताए। सीमा क्षेत्रमा बस्ती पातलो भएकाले व्यापारिक गतिविधि पनि कम हुने गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ९ : १९ बजे

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),