१६ श्रावण २०८३, शनिबार | August 1, 2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई परीक्षाको आवेदन खुला



काठमाडौं । यस वर्षको एसईई परीक्षाको आवेदन खुला भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको  आवेदन फारम खुलाएको हो।

एसईई‌ परीक्षा कहिले हुने भन्ने अन्यौलकै बीच परीक्षा आवेदन फारम खुला भएको छ ।

बोर्डले कक्षा १० का विद्यार्थीले एसईईमा समावेश हुन फारम भर्ने सूचना निकालेको छ । सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ।

आवेदन नियमित विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरिएको छ । फाराम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ।

यस्तै बोर्डले  ९ कक्षाका विद्यार्थीको रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ। त्यसका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ८ : ५१ बजे

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),