१५ माघ २०८२, बिहिबार | January 30, 2026

“प्रचण्डसँगका सहमतिले मेरो ब्रिफकेस भरिएको छ।” : प्रधानमन्त्री ओली



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग गरेका सहमतिले आफ्नो ब्रिफकेस भरिएको बताएका छन ।

सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा जारी भेलालाई सम्बोधन गर्दै उनले भने, “प्रचण्डसँगका सहमतिले मेरो ब्रिफकेस भरिएको छ।”

प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल पक्षले पदको कुण्ठा र शक्तिको अभिलाषाले नेकपामा विभाजन गराएको आरोप लगाए । उनलेले नेकपा फुट्नुमा प्रचण्ड जिम्मेवार रहेको बताए ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक संविधान बनाइसकेको अवस्थामा मिलिसकेको पार्टी फुट्न आवश्यक नरहेको बताए । ओलीले भने, चुनावमा मैले ४० प्रतिशत दिँदा उहाँमा उत्साह देखियो । तर, उहाँ मलाई नै हटाउन लाग्नुभयो ।

ओलीले प्रचण्डले चुनाव जितेको सवा दुई महिनासम्म आफूले प्रधानमन्त्रीका लागि चयन हुन नपाएको भन्दै त्यतीबेला नै प्रचण्डले सरकारका लागि कांग्रेससँग वार्ता गरेर आफूसँग बार्गेनिङ गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले भने, बामपन्थी मिलेर चुनाव लड्ने अनि दक्षिणपन्थीसँग सरकार बनाउन खोज्ने रु यो प्रचण्डको कस्तो चरित्र हो ? अहिले उहाँ बहुमत छ भन्दै हुनुहुन्छ । दुईटा मिल्दा पार्टीभित्र मेरोविरुद्ध बहुमत पुग्नेगरी मैलेनै दिएको हो । मलाई थाहा छैन के अवस्था छ भन्ने ?

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : १० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला