२४ श्रावण २०८३, आइतबार | August 10, 2026

“प्रचण्डसँगका सहमतिले मेरो ब्रिफकेस भरिएको छ।” : प्रधानमन्त्री ओली



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग गरेका सहमतिले आफ्नो ब्रिफकेस भरिएको बताएका छन ।

सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा जारी भेलालाई सम्बोधन गर्दै उनले भने, “प्रचण्डसँगका सहमतिले मेरो ब्रिफकेस भरिएको छ।”

प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल पक्षले पदको कुण्ठा र शक्तिको अभिलाषाले नेकपामा विभाजन गराएको आरोप लगाए । उनलेले नेकपा फुट्नुमा प्रचण्ड जिम्मेवार रहेको बताए ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक संविधान बनाइसकेको अवस्थामा मिलिसकेको पार्टी फुट्न आवश्यक नरहेको बताए । ओलीले भने, चुनावमा मैले ४० प्रतिशत दिँदा उहाँमा उत्साह देखियो । तर, उहाँ मलाई नै हटाउन लाग्नुभयो ।

ओलीले प्रचण्डले चुनाव जितेको सवा दुई महिनासम्म आफूले प्रधानमन्त्रीका लागि चयन हुन नपाएको भन्दै त्यतीबेला नै प्रचण्डले सरकारका लागि कांग्रेससँग वार्ता गरेर आफूसँग बार्गेनिङ गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले भने, बामपन्थी मिलेर चुनाव लड्ने अनि दक्षिणपन्थीसँग सरकार बनाउन खोज्ने रु यो प्रचण्डको कस्तो चरित्र हो ? अहिले उहाँ बहुमत छ भन्दै हुनुहुन्छ । दुईटा मिल्दा पार्टीभित्र मेरोविरुद्ध बहुमत पुग्नेगरी मैलेनै दिएको हो । मलाई थाहा छैन के अवस्था छ भन्ने ?

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : १० बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता