१५ माघ २०८२, बिहिबार | January 30, 2026

बुटवलमा डि फाईभ रेष्ट्रो शुभारम्भ हुदै



बुटवल । अग्रेजी नया वर्षसंगै कालिका पथ बुटवल ९ स्थित दुईतल्ला आकर्षक भवनको माथिल्लो तल्लामा रेष्टुरेन्ट सेवा सुभारम्भ भएको छ ।

पाच युवा उद्यमीहरुले नया सेवासुविधायुक्त डि फाईभ रेष्ट्रो एण्ड बार सेवा संचालनमा ल्याएका हुन । संचालकहरु दिनेश थापा, समीर बन्जाडे, सरोज कुमारी यादव, सुरज भट्टराई, अभिषेक थापा गरि ५ जना युवाहरुको लगानीमा खुलेको हो ।

करीब १५ सय स्क्वायर फुट एरियामा आकर्षक सजावट गरि युवाहरुको १ करोड २० लाखमा पुर्वाधार तयार भएको छ । सबै तयारी भएपनि लक डाउनका कारण ६ महिना ढिला गरि सुभारम्भ गरिएको संचालक दिनेश थापाले बताए ।

ईन्डोर ४० जना क्षमताको रेष्टुरेन्ट, बाल्कोनिमा ३० जना क्षमता रहेको छ यसैगरि १० जना क्षमताको स्मोकिङ जोन सहितको ब्यवस्था रहेको छ । ब्यापारिक घराना लक्षित गरि आकर्षण डिजाईन गरिएको उनले बताए ।

ईण्डियन सेफ विशेष सहितका सेवा रहेको उनले बताए । विहिबार होटल एशोसियन अफ नेपालका केन्द्रीय सदस्य गोपाल रानाले उद्घाटन गर्ने उनले बताए ।

उद्घाटनभरि पवन गिरि, अमित बराल, बिक्रम बराल लगायत राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुतीसंगै लाईभ म्युजिकको मजा एक हप्तासम्म हुने छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ०३ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला