२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीका ३ खेलाडीलाई लनटेनिसमा पदक



बुटवल । काठमाडौंमा जारी छैटौ नेपाल जुनियर खुल्ला टेनिस प्रतियोगिता २०२० मा रुपन्देहीका ३ जना खेलाडीहरुले पदक हात पारेका छन ।

काठमाडौं सातदोबाटोस्थित लनटेनिस कोर्टमा भएको प्रतियोगितामा १० वर्ष उमेर समुहमा रुपन्देहीका वृजेश अर्यालले स्वर्ण पदक, निश्चल ज्ञवालीले आठ वर्षमुनि र संघर्ष फौदारले ९ वर्षमुनिको उमेर समुहमा कास्य पदक जितेका छन ।

एक समारोहका बिच नेपाल लनटेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, जेटिआई नेपालका संयोजक कृष्णराज घलेले विजेता, उपविजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए ।

प्रतियोगिता ८ देखि १४ उमेर समुहमा गरि ७ ईभेन्टमा खेल खेलाईएको संयोजक गौरिशंकर श्रेष्ठले बताए ।

पुस १२ गतेदेखि ४ दिनसम्म संचालन भएको खेलमा काठमाण्डौ, पोखरा र रुपन्देहीका एक सय खेलाडीहरु भाग लिएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ०५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति