७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

टिम टेनिस नेपाल जेटिआई जुनियर टेनिस प्रतियोगिता २०२२ निश्चलले चुमे २ स्वर्ण



बुटवल । काठमाडौंमा सम्पन्न टिम टेनिस नेपाल जेटिआई जुनियर टेनिस प्रतियोगिता २०२२ को यु ९ र यु १० उमेर समुहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण जितेका छन ।

टिम टेनिस नेपालका आयोजनामा काठमाण्डौमा जेठ १३ गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल खेलमा बुटवल न्यु होराईजन इ बोर्डिङ स्कुलमा अध्ययरत निश्चलले यु-९ समुहमा काठमाण्डौका विशेषविश्व दर्लाकोटीलाई ५-४, ३-५, ११-९ को सेटमा पराजित गरेका हुन । यसैगरि उनले यु-१० उमेर समुहमा काठमाण्डौका साङखा राईलाई १-६, ७-५, ८-७ को सेटमा पराजित गर्दै दोस्रो स्वर्ण हात पारे ।

प्रतियोगिता अन्तरगत यु-१२ उमेर समुहमा बुटवलका वृजेश अर्यालले काठमाण्डौका असब हाडालाई ६-०, ६-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेका छन । यसैगरि बुटवलका निर्जल टण्डल यु-८ समुहमा दोस्रो तथा यु-९ मा संघर्ण फौज्दार र यु-१० सन्दिप जिसी तेस्रो भए । रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवालीले काठमाडौं बाहिर बुटवलमा उमेर समुहका राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यअनुसार प्रशिक्षण दिएको बताए । बुटवलका प्रशिक्षक विकास खड्काले लामोसमयको मेहनतका कारण खेलाडीहरु स्वर्ण पदक जित्न सफल भएको बताए ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा जेठ १३ देखि पाचदिनसम्म धापाखेल लनटेनिस कोर्टमा भएको खेलमा देशभरका एकसय ३५ बढी खेलाडीहरु सहभागी थिए । उनिहरुले यु-८, यु-९, यु-१०, यु-१२, यु-१४ र यु-१६ तर्फ सिगल र खुल्लातर्फ पुरुष/महिला डबल गरि आठ विद्यामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ७ : ४५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल