३० भदौ २०८३, मंगलबार | September 16, 2026

लनटेनिस संघले पायो पूर्णता, उपाध्यक्षमा राम बहादुर बिक



बुटवल । रुपन्देही लनटेनिस संघले पुर्णता पाएको छ । दोस्रो साधारण सभा तथा अधिवेशन लगतै बसेको पहिलो पुर्ण बैठकले एक उपाध्यक्ष, दुई सदस्य र ३ सल्लाहकार मनोनित गरेसंगै पुर्णता पाएको हो ।

संघको उपाध्यक्षमा राम बहादुर बिक, सदस्यहरुमा अस्वी थापा र शेषमणी चौधरी तथा सल्लाहकारहरु मनोज कुमार बस्नेत, अर्जुन गुरुङ, अब्दुल सहमतलाई मनोनित गरिएका संघका अध्यक्ष गोपाल प्रसाद ज्ञवालीले बताए । बैठकबाट वार्षिक कार्ययोजना अनुसार फागुनमा नियमित राष्ट्रिय लन टेनिस प्रतियोगिता गर्ने निर्णय भएको अध्यक्ष ज्ञवालीले बताए ।

गत शनिबार सम्पन्न संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट गोपाल प्रसाद ज्ञवालीको अध्यक्षतामा आठ सदस्यीय नयाँ नेतृत्व निर्वाचन भएको थियो । जसको उपाध्यक्षमा डा मनोज ढुगाना, सचिव सबिर मिया, कोषाध्यक्ष विष्णु प्रसाद चापागाईं, सदस्यहरुमा मनोज नेपाल, डा टिकाराम घिमिरे, लक्ष्मी पौडेल अर्याल, सोम राना सर्वसम्मत चयन भएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : ३० बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज