१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सबै स्थानमा आफ्नै वडा भवन



बागमती । बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ ।

अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले छ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण कार्य जारी छ । गाउँपालिकाले आफ्नै लगानीमा छ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो ।

वडा कार्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्ष ०७७/०७८ को बजेटमा गाउँपालिकाले रु एक करोडका दरले रु पाँच करोड विनियोजन गरेको थियो थियो । रु एक करोड जिल्ला समन्वय समिति मकवानपुरले एक वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछि छ वटा वडा कार्यालयको भवन निर्माण भइरहको अध्यक्ष उप्रेतीले बताए ।

ठेक्कामार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको हो । छ वटा मध्ये एउटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । अरु पाँच वटा वडा कार्यालयका भवन धमाधम निर्माण भइरहेका छन् । मनहरी गाउँपालिकामा नौ वटा वडा रहेका छन् ।

अध्ययनका लागि अनुसन्धान केन्द्रमा सम्झौता

बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लास्थित वनस्पति अनुसन्धान केन्द्र र विद्यार्थीलाई थप अध्ययनका लागि जिल्लामा रहेको एक सामुदायिक विद्यालयबीच सम्झौता भएको छ ।

केन्द्र र जनप्रिय माध्यमिक विद्यालय, हेटौँडा-१६ बीच विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको ‘ओजेटी’ ९अन द जब० का लागि समझदारी भएको हो । सम्झौताअनुसार छ महिना अवधिसम्मका लागि माध्यमिक तह, बाली विज्ञान विषयको ‘अन द जब’ तालिमका लागि कार्यथलो वनस्पति अनुसन्धान केन्द्रले उपलब्ध गराउनेछ ।

सम्झौताअनुसार विद्यार्थीले ओजेटी गर्न पाउनेछन् । नर्सरी तथा बिरुवा उत्पादन, फूल बिरुवा रोपण तथा स्याहारसम्भार, नर्सरी तयारी तथा फलफूल बिरुवा उत्पादन, जडीबुटी नर्सरी, वनस्पति उद्यान व्यवस्थापन तथा वानस्पतिक संरक्षणजस्ता क्षेत्रको सिकाइको अवसर पाउने छन् ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रघुराम पराजुली र विद्यालयका प्रधानाध्यापक नमराज अर्यालबीच सम्झौतामा हस्ताक्षर भएको हो । वनस्पति उद्यानका विभिन्न उद्देश्यमध्ये शैक्षिक उद्देश्य पनि महत्वपूर्ण रहेको वनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख पराजुलीले बताए ।

विद्यालयबाट अनुरोध भएकाले अध्ययनरत विद्यार्थी वनस्पतिसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने अवसरबाट वञ्चित नहोउन् भनेर यो अवसर दिलाइएको उनको भनाइ छ । उक्त अवसरमा वनस्पति अनुसन्धान केन्द्रबाट एक जना सुपरीवेक्षक तोकिने र सुपरीवेक्षकको सुपरीवेक्षणमा रही विद्यार्थीले व्यावहारिक सिकाइ लिनेछन् ।

विद्यालयले उपलब्ध गराएको मूल्याङ्कन फारामअनुसार विद्यार्थीको मूल्याङ्कन सुपरीवेक्षकबाट गराउनुपर्नेछ । विद्यार्थीले वनस्पति उद्यानभित्र निषेध गरिएका कार्य गर्न भने पाउने छैनन् र विद्यार्थीको व्यावहारिक सिकाइमा सहजीकरण गर्नका लागि विद्यालयबाट एक जना सम्पर्क व्यक्ति तोकिने छ । रासस

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ९ : ०४ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका