१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

‘विद्युत प्रवाह हुँदा प्रसारणमा अवरोध भएको हो, लोडसेडिङ हैन’ : विद्युत प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्रधिकरणले अहिलेको अवस्थामा देशमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ । विभिन्न मिडियामा आएको समाचारको खण्डन गर्दै प्रधिकरणले यस्तो बताएको हो ।

प्राधिकरणको आन्तरिक प्रणाली सुधार र व्यवस्थापनका क्रममा काठमाडौंका केही क्षेत्रमा लाइन काटिने सूचनाका आधारमा लोडसेडिङ सुरु भएको आशयको समाचार आएको भन्दै प्राधिकरणले खण्डन गरेको हो ।

बिहिबार प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले एक विज्ञप्ती जारी गर्दै भारबहन प्रणालीमा क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय सेवा अवरुद्ध भएको बताएका छन् । साथै, विगत ३ वर्षदेखि लोडसेडिङ अन्त्य भएको बताइएको छ ।

‘राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ हैन । तथापी त्यस्तो अवरोध न्युनीकरण र निकारण गर्न सक्षम छ र सदैव प्रयासरत छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

साथै, पुष १३ र १४ गते विद्युत प्रणालीमा प्राविधिक समस्या आएको कारण सेवा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ५ : ५४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर