३१ भदौ २०८३, बुधबार | September 16, 2026

‘विद्युत प्रवाह हुँदा प्रसारणमा अवरोध भएको हो, लोडसेडिङ हैन’ : विद्युत प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्रधिकरणले अहिलेको अवस्थामा देशमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ । विभिन्न मिडियामा आएको समाचारको खण्डन गर्दै प्रधिकरणले यस्तो बताएको हो ।

प्राधिकरणको आन्तरिक प्रणाली सुधार र व्यवस्थापनका क्रममा काठमाडौंका केही क्षेत्रमा लाइन काटिने सूचनाका आधारमा लोडसेडिङ सुरु भएको आशयको समाचार आएको भन्दै प्राधिकरणले खण्डन गरेको हो ।

बिहिबार प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले एक विज्ञप्ती जारी गर्दै भारबहन प्रणालीमा क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय सेवा अवरुद्ध भएको बताएका छन् । साथै, विगत ३ वर्षदेखि लोडसेडिङ अन्त्य भएको बताइएको छ ।

‘राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ हैन । तथापी त्यस्तो अवरोध न्युनीकरण र निकारण गर्न सक्षम छ र सदैव प्रयासरत छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

साथै, पुष १३ र १४ गते विद्युत प्रणालीमा प्राविधिक समस्या आएको कारण सेवा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ५ : ५४ बजे

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक