१६ माघ २०८२, शुक्रबार | January 30, 2026

आजको मौसम : पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा आंशिकबवदली, बाँकी क्षेत्रको मौसम सफा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ ।

हाल सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहनेछ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका साथै सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ३० बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र