६ श्रावण २०८३, बुधबार | July 22, 2026

फ्रान्समा कोरोना संक्रमण बढेसगैं निषेधाज्ञा थपियो



एजेन्सी । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञा थपिएको छ । संक्रमण नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञा थप गरिएको फ्रान्स सरकारले जनाएको छ ।

सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभावित मुलुकको भूमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ ।

राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन । ‘फ्रान्समा कोरोनाभाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगतरूपमा यसको प्रभाव कम र बढी रहेकोले बढी प्रभावित क्षेत्रमा साँझ ६ बजेदेखि नै अतिआवश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ,’ सरकारका प्रवक्ता गाब्रियल अतलले नयाँ कदमबारे जानकारी गराउँदै भने ।

उनलाई उद्धृत गरी फ्रान्सको टीएफ-वनद्वारा प्रसारित समाचारमा भनिएको छ, ‘यदि निश्चित क्षेत्रमा अवस्था थप विग्रँदो भएमा हामीले आवश्यक निर्णय लिनेछौँ ।’ फ्रान्समा २६ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये ६४ हजार ७६५ जनाको मृत्यु भएको छ ।

संक्रमण बढे पनि फ्रान्समा खोपको आकर्षण पनि छैन । टीएफ-वनका अनुसार फ्रान्सले गत हप्ताको अन्त्यमा कोभिड-१९ विरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि अनुमति दिए पनि अहिलेसम्म फ्रान्समा ३३२ जनाले मात्र खोप सेवा लिइसकेका छन ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ६ : ४८ बजे

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको