१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

फ्रान्समा कोरोना संक्रमण बढेसगैं निषेधाज्ञा थपियो



एजेन्सी । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञा थपिएको छ । संक्रमण नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञा थप गरिएको फ्रान्स सरकारले जनाएको छ ।

सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभावित मुलुकको भूमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ ।

राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन । ‘फ्रान्समा कोरोनाभाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगतरूपमा यसको प्रभाव कम र बढी रहेकोले बढी प्रभावित क्षेत्रमा साँझ ६ बजेदेखि नै अतिआवश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ,’ सरकारका प्रवक्ता गाब्रियल अतलले नयाँ कदमबारे जानकारी गराउँदै भने ।

उनलाई उद्धृत गरी फ्रान्सको टीएफ-वनद्वारा प्रसारित समाचारमा भनिएको छ, ‘यदि निश्चित क्षेत्रमा अवस्था थप विग्रँदो भएमा हामीले आवश्यक निर्णय लिनेछौँ ।’ फ्रान्समा २६ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये ६४ हजार ७६५ जनाको मृत्यु भएको छ ।

संक्रमण बढे पनि फ्रान्समा खोपको आकर्षण पनि छैन । टीएफ-वनका अनुसार फ्रान्सले गत हप्ताको अन्त्यमा कोभिड-१९ विरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि अनुमति दिए पनि अहिलेसम्म फ्रान्समा ३३२ जनाले मात्र खोप सेवा लिइसकेका छन ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ६ : ४८ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका