२० बैशाख २०८१, बिहिबार | May 2, 2024

राष्ट्रिय ओल्मा काउन्सिल अँफ नेपाल लुम्बिनी प्रदेशको दोश्रो साधारणसभा बुटवलमा सम्पन्न



बुटवल । राष्ट्रिय ओल्मा काउन्सिल अँफ नेपाल लुम्बिनी प्रदेशको दोश्रो साधारणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय ओल्मा काउन्सिल अँफ नेपालको केन्द्रिय संरक्षक हजरत मौलाना मोहम्मद सुफी सिद्दिक अहमद खानको अध्यक्षता तथा काश्मिरी जामा मस्जिद काठमाडौका इमाम काजीए नेपाल हजरत मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीको प्रमुख आतिथ्यतामा बुटवलमा सम्पन्न भएको हो ।

सभामा बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । उक्त सभामा काउन्सिल अँफ नेपाल लुम्बिनी प्रदेशको तदर्थ समिति पनि चयन भएको छ । जसको अध्यक्षमा हजरत मौलाना मुफ्ती महबुब रजा मिस्बाही र उपाध्यक्षमा हजरत मौलाना सैयद गुलाम हुसैन मिया सर्वसम्मत रुपले चयन भएका छन ।

त्यसैबीच इस्लामीक कानुनलाई समुदाय स्तरमा फैलाउन र सामुदायिक बिकृती हटाइ इन्साफ गर्न नेपालको नायब काजीमा मौलाना मुफ्ती बशीर अहमद चुनिएका छन ।

त्यस्तै लुम्बिनी प्रदेशमा पनि इस्लामी फतवा र ईस्लामिक सन्देश दिन तीनजना मुफ्तीहरु पनि चुनिएका छन जसमा मौलाना मुफ्ती कैफुलवरा मिस्बाही, मौलाना मुफ्ती अरमान अलि मिस्बाही, मौलाना मुफ्ती साजिद अली अहमद छन । त्यस्तै यस प्रदेशका जिल्लाहरुमा यस संस्थाको अध्यक्ष तथा उपाध्यक्ष चुनिएका छन ।

नवनिर्वाचित प्रदेश अध्यक्ष, उपाध्यक्ष, नायब काजी, प्रदेश मुफ्ती र जिल्ला अध्यक्ष एव उपाध्यक्षहरुलाइ काश्मिरी जामा मस्जिद काठमाडौका इमाम एव काजीए नेपाल मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीले सपथ ग्रहण गराएका छन ।

यो संस्था अरु प्रदेशहरुमा पनि गठन गर्ने र सबै प्रदेशले पुर्णता पाएपछि यो काउन्सिल राष्ट्रिय रुपमा पनि गठन गर्ने र नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ उनीहरुको काम कर्तव्य बारे जानकारी गराउन र क्षमता अभिवृद्धि सम्बन्धि तालिम संचालन गरिने आयोजकले जानकारी दिएको छ ।

सभामा प्रमुख अतिथि काजिए नेपाल हजरत मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीले नेपालमा पनि उर्दु अरबीको उच्च शिक्षाको ब्यस्थापन मिलाउन, मदरसामा मौलानाहरुलाई शिक्षक दरबन्दीको ब्यस्था मिलाउन सरकारलाइ आग्रह गरे । उनले मुस्लिम समुदायको हक-अधिकार सुनिश्चित गराउन अझै मुस्लिम समुदायले संघर्ष गर्नुपर्ने आवश्यक रहेको बताए ।

उनले मुस्लिम धर्मावलम्बीहरुलाई जनसमुदायमा ईस्लामको सन्देश र यसको महत्व तथा उद्देश्य उजागर गर्न आग्रह गरे । मुफ्ती उस्मानले मुस्लिम समुदायहरुलाई नेपाल देशको देशभक्ति मुटुमा राखी देशमा अमनचयनका लागि आ-आफनो ठाउँबाट उदाहरणीय भुमिका खेल्न आग्रह गरे ।

सभा सम्बोधन गर्दै बिशिस्ठ अतिथि हजरत मौलाना मुफ्ती मोहम्मद रजा मिस्बाहीले मुस्लिम समुदायहरुलाई पनि देशका असल राजनितिक दलहरुसंग आवद्ध भएर देशमा शान्ति कायम गराउन र आफनो अधिकार स्थापित गराउन क्रियाशिल भएर लाग्न आग्रह गरे ।

उनले मुस्लिम समुदायहरु विभिन्न पार्टी तथा समुहको नाममा विभाजन नभई बरु राष्टियताको सवालमा र सामुदायिक अधिकार स्थापितको सबालमा एकजुट भएर प्रस्तुत हुन सुझाव दिए ।

ईस्लाम धर्मको धार्मिक तथा सामाजिक सन्देशलाई समुदायमा फैलाउदै समुदायमा देखिएका विभिन्न विकृतिलाई जडैबाट उखालेर फाल्ने र एक आपसमा सामाजिक सदभाव कायम गरि अगाडी बढन मुफ्ती रजाले सबैमा आग्रह गरे ।

साधरणसभामा अध्यक्ष शेरेनेपाल हजरत मौलाना सुफी सिद्दिक अहमद खान, अतिथि पुर्ब शिक्षा अधिकारी अब्दुल रउफ खान, मौलाना मुफ्ती महबुब रजा, मौलाना सैयद गुलाम हुसैन मिया, मौलाना मुफ्ती बसिर अहमद, मौलाना मुस्ताक अहमद कादरी, मौलाना शेर मोहम्मद कादरी, मौलाना नुरमोहम्मद मिस्बाही लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ बधाई ज्ञापन गर्दै सभाको सफलताको शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ६ : १५ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा