१० माघ २०८२, शनिबार | January 24, 2026

इस्लामिक लडाकुको आक्रमणमा नाइजरमा ७९ जनाको मृत्यु, १७ बढी घाईते



एजेन्सी । अफ्रिकी मुलुक नाइजरको दुई गाउँमा इस्लामिक लडाकु समुहले एकैसाथ गरेको आक्रमणमा करिब ७९ जनाको मृत्यु भएको छ । १७ भन्दा बढी घाईते भएका छन् । नाइजरको दक्षिणी सीमामा रहेको जारोमदारयमा ३० र टेचोम्बाङगुमा ४९ जना मारिएका हुन् ।

नाइजरका आन्तरिक मन्त्री अलकाचे अलहादाले घटनाले देश मर्माहत भएको भन्दै घटनास्थलमा थप सेना परिचालन गरिएको जानकारी दिए ।

अफ्रिकाको सहेल क्षेत्रमा हालैका दिनहरुका लडाकु समुहले हिसात्मक गतिविधि बढाउंदै लगेका छन् । गत साता नाइजेरियामा लडाकु समुह बोको हरामको आक्रमणमा २७ जना मारिएका थिए ।

हिजो मात्र मालीमा अलकायदाले गरेको आतंकबादी आक्रमणमा आफ्ना दुई जना फ्रान्सेली सुरक्षाकर्मी मारिएको थिए । फ्रान्सको नेतृत्वमा पश्चिम अफ्रिकी क्षेत्रमा इस्लामिक लडाकुविरुद्ध पश्चिम अफ्रिकी र यूरोपेली गठनबन्धनका सेना सक्रिय छन् ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : २९ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको