२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक



बैतडी । हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका-१ स्थित बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले दाँते ओखर भनेर हाडे ओखरको बिरुवा उपलब्ध गराएको पाइएपछि नर्सरीबाट उत्पादित बिरुवा बिक्रीमा रोक लगाइएको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए ।

केन्द्रले जिल्लास्थित सबै नर्सरीको सूची बनाएर बोटबिरुवा बिक्रीका लागि सहजीकरण गर्दै आएको छ । उनले भने, ‘सो निजी नर्सरीबाट १४० ओटा ओखरका बोट ल्याएकोमा ती सबै बोट हाडे ओखरका रहेका पाइएको छ ।’

हाडेओखरको बोटमै चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेर दाँते ओखरको बिरुवा भन्दै सुक्खा फलफूल विकास केन्द्रमा ती बोटहरु पुर्याइएको थियो । ती बोटहरु हेर्दा सबै हाडेओखर भएकाले नर्सरीधनीलाई फिर्ता गरेको र अबदेखि सो नर्सरीबाट कारोबार नगर्ने खड्काले बताए ।

उनले भने, ‘हाडे ओखरमा चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेको रहेछ । हामीले बिरुवा हेर्दा मात्रै थाहा पायौँ ।’ बैतडीको बिरुवा देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजाने गरेकाले यस्तो ठगी कार्य नगर्न केन्द्रले सबै नर्सरीलाई सचेतसमेत गराएको छ । यस्तो भेटिएमा कानूनअनुसार कारवाहीसमेत हुने केन्द्रले जनाएको छ ।

बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले आफूले थाहा नभएर बिजु ओखरको बोटमा बिजुको हाँगा कलमी गरेको जिकिर गरे । उनले भने, ‘मैले बिक्री गरेका बिरुवा फिर्ता लिइसकेको छु, थाहा नभएर यस्तो हुन गएको हो ।’

बैतडीमा २० भन्दा बढी निजी नर्सरी र सुक्खा फलफूल विकास केन्द्रबाट बर्सेनि हजारौँ हिउँदे तथा बर्खे फलफूलका विरुवा बिक्री हुने गरेको छ । रासस

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ३८ बजे

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद