२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

दिउँसो एक बजे केन्द्रिय कार्यालय सानेपामा बैठक बस्ने स्रोतले जानकारी दिएको छ । पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो । त्यसपछि आज बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि चुनावमा जाने वा सडक संघर्षबाट निर्णयमा पुग्ने भन्नेमा कांग्रेस विभाजित भएको छ ।

सभापति शेरबहादुर देउवा यो विषय सर्वोच्चमा विचाराधीन रहेको र फैसला कुर्नुपर्ने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सडक तताउनुपर्नेमा जोड दिएको छ ।

उक्त कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक पनि भनेको छ। गत पुस १३ गते कांग्रेसले प्रधानमन्त्री ओलीको उक्त कदमबारे १६५ वटै निर्वाचन क्षेत्रबाट विरोध गरेको थियो ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ४८ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ