१ भदौ २०८३, सोमबार | August 17, 2026

महासचिव पौडेल विरुद्ध चुनाव लड्ने युवा नेता राजु गुरुङ्गको घोषणा



वुटवल । नेकपा प्रचण्ड-नेपाल समुहका युवा नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई रुपन्देहीमा आएर चनाव जित्न चुनौती दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङ्गले अर्थमन्त्री पौडेल बुटवलबाट चुनाव लडे त्यसको विपक्षमा आफुले प्रतिस्पर्धा गर्ने बताए । रिपोर्टस क्लबले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुने दावी समेत गरे ।

गुरुङले प्रधानमन्त्री केपी ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन ।

उनले प्रधानमन्त्रीका कारण कम्यूनिष्ट पार्टी र संविधानलाई धवस्त पार्ने काम गरेको बताउँदै प्रतिनिधि सभा पुनस्थापना नहुदासम्म सडक सघर्ष तताउने बताए ।

“२०१७ सालमा राजा महेन्द्रले कु गरेका थिए, त्यो भन्दा खतरनाक रूपमा प्रधानमन्त्री ओलीले संविधानमाथि कु गरिएको छ ” उनले भने । उनले संसद पुनस्थार्पना नै संविधान र देश बचाउने एक मात्र विकल्प भएको बताए ।

उनले प्रधानमन्त्रीलाई काम गर्न दिईएन भन्ने कुरा गलत भएको बताउँदै एमसीसीलाई राष्ट्रमा हितमा बनाउनुपर्ने सुझाव मात्रै पार्टीले दिएको तर, प्रधानमन्त्रीलाई काम गर्न दिईएन भन्ने कुरा गलत भएको बताए ।

युवा संघका केन्द्रीय सचिवालय सदस्य सरिता श्रीसले प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारका विरूद्व सडमा आएको बताईन । उनले कसैलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन सडकमा नआएको बताईन ।

 

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ११ : २४ बजे

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट