२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

प्रचण्ड-नेपाल पक्ष कार्यकर्ता बिनाको नेताको मात्र झुण्ड : शंकर पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड-नेपाल पक्षलाई कार्यकर्ता बिनाको नेताहरुको झुण्ड भएको आरोप लगाएका छन् । रुपन्देही जिल्लाका अगुवा कार्यकर्तालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पार्टी निर्माण गर्ने कार्यकर्ता आफुहरु तीर रहेको दाबी गर्दै नेताहरुको झुण्डमात्र बोकेर पार्टी नबन्ने बताए ।

पोखरेलले प्रचण्ड नेपाल पक्ष निर्वाचनसँग डराएर हामी यहाँ छौ भनेर सडकमा बसेको टिप्पणी गरे । अध्यक्ष ओलीकै कारण पार्टी झण्डै २ तिहाईमा आएको पोखरेको दाबी छ । प्रचण्डलाई जिताउन पनि ओली नै जानु पर्ने, माधव नेपाललाई जिताउन पनि ओली नै जानु पर्ने, अनि चुनाव सकिए लगत्तै प्रधानमन्त्री उनीहरुलाई चाहिने ? पोखरेलले प्रश्न गरे ।

पोखरेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा २ तिहाई भएकै बेला विघटनको सिफारिस गरेकाले सिफारिस वैधानिक रहेको दाबी गरे । संसदमा संसदीयदल विघटन नभएको र कानुनीरुपमा संसदीयदलमा २ तिहाई कायम रहेका अवस्थामा प्रधानमन्त्रीको अन्य बिकल्प नरहेकाले सिफारिस अवैधानिक हुनै नसक्ने उनको दाबी छ ।

स्थायी कमिटी सदस्य समेत रहेको पोखरेलले प्रथम अध्यक्ष र महासचिव नभएको पाटी पनि आधिकारीक हुन नसक्ने बताए । उनले बिधान अनुसार हस्ताक्षर चल्ने प्रथम अध्यक्ष र प्रमाणिकरण गर्ने महासचिव जता आधिकारीक पार्टी पनि त्यतै रहने व्यवस्था रहेको स्पष्ट पारे ।

 

 

 

 

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ३ : ३५ बजे

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर