३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

नेपाली कम्युनिष्ट आन्दोलनमाथि अध्यक्ष प्रचण्डले खड्ग प्रहार गरे : बिष्णु पौडेल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका महासचिव बिष्णु पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई नेपाली कम्युनिष्ट कै नाममा खड्ग प्रहार गरिएको बताएका छन् ।

बुटवलमा रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महासचिव पौडेलले विश्वलाई आश्यर्यमा पार्न सफल भएको कम्युनिष्ट आन्दोलनलाई पार्टीकै शिर्श नेतृत्वबाट प्रहार भएको बताए ।

पौडेलले कम्युनिष्ट आन्दोलनको गतिलाई अध्यक्ष प्रचण्डको अस्थिर चरित्रका कारण अवरुद्ध बनाएको आरोप लगाउँदै बैठकभित्र एउटा निर्णय गर्ने र बाहीर अर्के कुरा गर्ने गरेकाले पार्टी एकतालाई बचाउन नसकिएको बताए ।

प्रचण्डले पार्टीमा एकताको सहमती गर्ने तर बाहिर निस्कनासाथ प्रधानमन्त्रीको सपना देख्ने, एकल अध्यक्षको आकांक्षा राख्ने गरेको महासचिव पौडेलको आरोप छ ।

प्रचण्डले पार्टी भित्रका केहि महत्वकांक्षी नेताहरुलाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्नु नै खास समस्या भएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र देखिएको समस्या सैद्धान्तिक नभएको र कुनै नीतिले सिर्जना गरेको समस्या नभएको स्पष्ट पारे ।

‘सत्ता, शक्ति र पदीय महत्वाकांक्षाकै कारण पार्टीमा समस्या सिर्जना भएको हो ।’ उनले भने ।

पार्टीमा प्रस्तुत प्रधानमन्त्री विरुद्धको आरोपपत्र फिर्ता लिए प्रचण्डलाई स्वागत गर्न आफु तयार रहेको महासचिव पौडेलले बताए । प्रचण्ड नेपाल पक्षमा गएका अन्य नेताहरुलाई पनि पार्टीले स्वागत गर्न तयार रहेको उनले बताए ।

महासचिव पौडेलले निर्वाचन नहुने भ्रममा नरहन कार्यकर्ताहरुलाई आग्रह गर्दै आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाईसहित बहुमत दिलाउने हिसाबले क्रियाशिल हुन पार्टीका अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ४ : २९ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने