२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

कर्णालीमा २ मन्त्री सहित १ सांसद ओली छाडेर प्रचण्ड-नेपाल तर्फ



सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बिग्रह आएसँगै पार्टीका नेता कार्यकर्ताहरु तानातान् तिब्र बनेको छ । विशेषगरि प्रदेश साँसद र संघिय सांसदहरु हरेक दिन कित्ता परिवर्तन गरेका समाचारहरु प्राप्त भईरहेका छन् । कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले पनि प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपा त्याग गर्दै प्रचण्ड-नेपाल पक्षमा सहभागी भएका छन् ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकाय ओली पक्ष त्यागेर प्रचण्ड–नेपाल पक्षको नेकपामा सामेल भएका हुन्।

दुई मन्त्री र एक सांसदले छाडेपछि कर्णाली प्रदेशमा ओली पक्षलाई ठूलो धक्का लागेको छ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई मन्त्री र एक सांसद आफ्नो पक्षमा आएको दावी पुष्टि गरे । कर्णालीमा नेकपाको ३३ सदस्यीय संसदीय समितिमा ओली पक्षमा जम्मा ११ जना सांसद रहेका छन् भने प्रचण्ड नेपाल समूहमा २२ जना पुगेका छन्।

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाही माथि ओली पक्षीइ सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएपछि नै नेकपामा विग्रहले उत्कर्षको स्वरुप ग्रहण गरेको थियो ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ४ : ४३ बजे

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद