३ चैत्र २०८२, मंगलबार | March 17, 2026

रुपन्देहीको कञ्चनमा एक सय भन्दा बढि कांग्रेसमा प्रवेश, कम्युनिष्टहरु सत्ता संचालनमा असफल : लेखा समिति सभापती शाह



बुटवल । रुपन्देहीको कञ्चन गाउपालिका वडा न ३ मा विभिन्न पार्टिका १ सय भन्दा बढि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनिहरुलाई एक समारोहका बिच नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले पार्टि प्रवेश गराएका हुन् ।

स्थानिय वडा सभापती थम्मन थापाको अध्यक्षतमा भएको पार्टि प्रवेश कार्यक्रममा वोल्दै कांग्रेस नेता शाहले आपसमा लडेर देशलाई खाडलमा हाल्ने कम्युनिष्टहरुले जनताको विश्वास गुमाएको बताए ।

उनले जनताले ५ वर्षका लागि दिएको जनमतको अपमान गरेका कारण उनिहरु अब जनताको प्रतिनिधि वन्नै नसक्ने जिकिर गरे । सो क्षेत्रका जनप्रतिनिधि समेत रहेका शाहले अब नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बन्ने दावी गर्दै कम्युनिष्टहरु भ्रष्टाचार र कुशासनमा लिप्त रहेको टिप्पणी गरे ।

सो अवसरमा नेपाली कांग्रेस रुपन्देहीका उपसभापती फडिन्द्र शर्माले असंवैधानिक कदम चालेर अहिलेको सरकारले संविधानमाथी प्रहार गरेको बताए । त्यस्तै नेपाली कांग्रेसका प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खानले कम्युनिष्टहरुको स्वयच्क्षाचारी प्रकृतिको भण्डाफोर गर्नु पर्ने बताए ।

कांग्रेसका युवा नेता तथा सो क्षेत्रका प्रदेश सभाका प्रत्यासी विष्णु पोख्र्रेलले प्रतिगामी ओली नेतृत्वको सरकारसंग अब सरकारमा वसिरहन कुनै नैतिक र संवैधानिक अधिकार नरहेको बताए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : ०१ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी