३१ श्रावण २०८३, आइतबार | August 16, 2026

माछापुच्छ्रे बैंक रअग्नि इन्कर्पोरेटेड बीच व्यवसायीक सम्झौता, अव महिन्द्रा ब्राण्ड गाडी खरिद गर्दा सस्तो ब्याज लाग्ने



काठमाडौं । माछापुच्छ्रे बैंक र महिन्द्रा ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा ब्राण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा अग्निइन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखाकार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन बैंक कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले प्रकाशित गरेको प्रेस नोटमा उल्लेख गरेको छ । बैंकले हाल सम्म १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१३ स्थानबाट सेवा दिँदै आएको छ । माछापुच्छ्रे बैंकको १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पीओएस मार्फत ग्राहकहरुलाई सुबिधा समेत दिँदै आएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १० : ५० बजे

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन